मुख्य सामग्रीमा जानुहोस्
गजल आइडल नेपाल
गजल आइडल नेपाल मञ्चको उज्यालो

A flagship property of Real Vision International

गजल आइडल नेपाल — शब्दको सम्मान, स्वरको पहिचान

शब्दको सम्मान, स्वरको पहिचान — नेपाली गजलकार र गायकका लागि राष्ट्रिय टेलिभिजन रियालिटी शो।

अडिसन बन्द हुने मिति

--
दिन
--
घण्टा
--
मिनेट
--
सेकेन्ड

गजल छोटो कविता हो — तुक्का मिल्ने शेरहरूको माला, प्रत्येक शेर आफैंमा पूर्ण। नेपाली साहित्यमा यो परम्परा मोतीराम भट्टदेखि चल्दै आएको छ। गजल आइडल नेपाल त्यही परम्परालाई टेलिभिजनको राष्ट्रिय मञ्चमा ल्याउने रियालिटी शो हो।

26 एपिसोडडिजिटल अडिसनगजल दोहोरीपब्लिक भोट

नेपाली गजल

गजलदेखि गीतसम्म

कलमबाट जन्मिएका शब्द, स्वर र सङ्गीतसँग जोडिँदा नेपाली मनमा अमर बनेका केही सिर्जना।

  1. 01

    कहाँ थियौ तिमी

    रचना: शीतल कादम्बिनी

    स्वर/सङ्गीत: शिव परियार

    “कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ…”
    आधिकारिक रेकर्डिङ · शिव परियार / म्युजिक नेपाल
  2. 02

    धेरैचोटि मरेँ म त

    रचना: शीतल कादम्बिनी

    स्वर/सङ्गीत: शिव परियार

  3. 03

    जमाना खराब छ

    रचना: प्रा. डा. कृष्णहरि बराल

    सङ्गीत: गैरे सुरेश · स्वर: निशा देशार

  4. 04

    मन दुख्यो रे उनको

    रचना: करुण थापा

  5. 05

    पागल बनायौ प्रिये

    रचना: केशव आचार्य

    स्वर/सङ्गीत: शिव परियार

प्रस्तावित

प्रस्तावित निर्णायक मण्डल

प्रा. डा. कृष्णहरि बराल
प्रस्तावित

निर्णायक

प्रा. डा. कृष्णहरि बराल

Prof. Dr. Krishna Hari Baral

प्रा. डा. कृष्णहरि बराल नेपाली भाषा–साहित्यका प्राध्यापक, गीतकार, गजलकार तथा समालोचक हुनुहुन्छ। नेपाली गजलको सिद्धान्त, परम्परा र विकासमाथि उहाँले दीर्घ अध्ययन तथा लेखन गर्नुभएको छ। गजल परम्परा र मोतीराम भट्टको गजलकारितामाथि विद्यावारिधि गर्नुभएका बरालका गीत, साहित्यिक कृति तथा गजलसम्बन्धी अनुसन्धान नेपाली साहित्यमा महत्वपूर्ण मानिन्छन्।

करुण थापा
प्रस्तावित

निर्णायक

करुण थापा

Karun Thapa

करुण थापा गीतकार, गजलकार तथा नेपाली डिजिटल मिडिया क्षेत्रका अग्रणी व्यक्तित्व हुनुहुन्छ। सयभन्दा बढी गीत तथा गजल सिर्जना गर्नुभएका थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न चलचित्र, सिर्जना र पुरस्कारका निर्णायक मण्डलमा समेत अनुभव हासिल गर्नुभएको छ। साहित्य, प्रविधि र दृश्य–श्रव्य माध्यमको उहाँको बहुआयामिक अनुभव गजल आइडलका लागि महत्वपूर्ण हुनेछ।

शीतल कादम्बिनी
प्रस्तावित

निर्णायक

शीतल कादम्बिनी

Shital Kadambini

शीतल कादम्बिनी नेपाली गजल, गीत तथा साहित्य क्षेत्रमा स्थापित स्रष्टा हुनुहुन्छ। ‘सुगन्ध यात्रा’ गजलसङ्ग्रह तथा ‘कादम्बिनी’, ‘शीतल’ र ‘निर्झरी’ जस्ता सांगीतिक सिर्जनामार्फत उहाँले नेपाली गजललाई व्यापक श्रोतासम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिनुभएको छ। ‘कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ’ लगायतका लोकप्रिय सिर्जनाले उहाँलाई नेपाली गीत–गजल क्षेत्रमा विशिष्ट पहिचान दिलाएको छ।

प्रस्तोता

प्रस्तोता

प्रदीप रोदन

Pradip Rodan

समकालीन नेपाली गजल क्षेत्रमा स्थापित स्रष्टा प्रदीप रोदन आफ्ना प्रभावशाली गजल, साहित्यिक प्रस्तुति र मौलिक अभिव्यक्तिका लागि परिचित हुनुहुन्छ। गजललाई नयाँ पुस्तासँग जोड्ने उहाँको सिर्जनात्मक उपस्थितिले गजल आइडलको मञ्चलाई थप जीवन्त बनाउनेछ।

अरुणा ढकाल

प्रस्तोता

अरुणा ढकाल

Aruna Dhakal

निर्णायक मण्डल प्रस्तावित छ। सम्झौतापछि अन्तिम हुनेछ।

शो कसरी चल्छ

आठ चरण, २६ एपिसोड।

01

भर्चुअल / डिजिटल अडिसन

2 एपिसोड

देशभरबाट भिडियो। जजले टप ५० छान्छन्।

02

अडिसन राउन्ड

5 एपिसोड

टप ५०। प्रत्येक एपिसोडमा करिब १० जना, ६ जना अगाडि — करिब ३०।

03

आइडियल राउन्ड (नवरास)

4 एपिसोड

नवरास विषयमा गजल। करिब ३० बाट टप १८।

04

ब्याटल / गजल दोहोरी

3 एपिसोड

टप १८ जोडी। ९ सेफ, ९ डेन्जर। भोट र प्रस्तुतिले ३ जना जोगाउँछ — टप १२।

05

पब्लिक च्वाइस

6 एपिसोड

टप १२ बाट टप ६। जज स्कोर र पब्लिक भोट।

06

वाइल्डकार्ड

1 एपिसोड

डेन्जर जोनबाट एक जना फर्कन्छ। लकी ७।

07

फाइनलतर्फ

3 एपिसोड

एक एपिसोडमा एक इलिमिनेसन। टप ४।

08

फाइनल + ग्रान्ड फाइनल

2 एपिसोड

टप ४ को अन्तिम भोट। एक दिन लाइभ ग्रान्ड फाइनल।

ढाँचा

पछिल्लो एपिसोड

फाइनल मञ्च

भर्चुअल अडिसन

प्रसारणपछि यहाँ एम्बेड हुनेछ

एपिसोड

स्पोन्सर

टाइटल स्पोन्सर

तपाईंको ब्रान्ड यहाँ

एसोसिएट / पावर्ड बाइ

तपाईंको ब्रान्ड यहाँ

पावर पार्टनर

तपाईंको ब्रान्ड यहाँ

सपोर्टेड बाइ

तपाईंको ब्रान्ड यहाँ

आफ्नो शेर मञ्चमा ल्याउनुहोस्

डिजिटल अडिसन खुला छ।

अडिसन दिनुहोस्सम्पर्क